जोडिनुहोस
  • होमपेज
  • पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते

पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते

पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  ६ जना घाइते भएका छन् ।ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो । ३ महिला र ३ पुरूषकाे घटना स्थलमै मृत्यु  भएको छ भने । ५ जना  घाइतेलाइ धरान र १ जना घाइतेलाइ थप उपचारकाे लागि फिदिम पठाइएको छ ।  बाेलेराे जिप  सडक भन्दा अन्दाजी ५०० मिटर तल (तमाेर नदी नजिकै) खसेकाे स्थानीय जीवन भट्टराइले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका