जोडिनुहोस
  • होमपेज
  • इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु

इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु

काठमाडौं । लगातार भएको बर्षाको कारण ईलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति भएको छ ।

इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ । सो स्थानमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो । यसैगरी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ । यसैगरी इलामको देउमाई नगरपालिका–५ घुसेनीस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । १ जनालाई सकुशल उद्धार गरिएको छ । यसैगरी माङसेबुङ गाउँपालिका–५ स्थित पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ र फाकफोकथुम गाउँपालिका–३ रातोमाटे बस्ने ३२ वर्षीय सुरेश लिम्बुको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । उक्त स्थानहरुमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी वलको टोली खटिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका