
ई.सं.२०१७ मा तिलिचो ताल भ्रमण गरेर नेपाल प्रति आकर्षण भएका २४ जना इजरायली पर्यटक सहित अन्य विभिन्न किसिमका अपाङ्ग तथा घाईतेहरुको समूह यो आठौँ पटकको सामूहिक यात्रामा मनाङबाट पदयात्रा शुरु गर्ने गरी इजरायलबाट २ साताको लागि नेपाल भ्रमणको लागि आउदै आउदैछन् । आज इजरायलमा आयोजित विशेष अभिमुखीकरण कार्यक्रममा नेपालका लागि इजरायल स्थित नेपाली राजदूत महामहिम श्री धन प्रसाद पण्डितलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको उक्त कार्यक्रममा महामहिम राजदूतले यस प्रकारको पर्यटन आयोजनाको उद्देश्यबारे प्रष्ट पार्दै नेपालको साहसिक पर्यटनलाई विश्व समुदायमा प्रवद्र्धन गर्ने, विविध क्षमताका व्यक्तिहरूलाई नेपाल भ्रमणमा प्रोत्साहित गर्ने र उच्च हिमाली क्षेत्रमा यात्राको तयारी र सचेतनाको सन्देश फैलाउने उद्देश्य रहेको बताउनुभयो । त्यस अवसरमा राजदूत महामहिम पण्डितज्यूले उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्दा आवश्यक तयारी र आवश्यक अन्य अनुकूलता आदी अत्यन्त जरुरी हुने बताउनु भएको थियो । उक्त भ्रमणले दुई देशबिचको मित्रता अझै प्रगाढ हुनुको साथै अपाङ्गले पनि सपाङ्गले जस्तै गर्न सक्ने साहशिक कार्य गर्न सक्छन् भन्ने सन्देश बिश्वभर दिनेछ भन्ने समेत प्रष्ट्याउनु भएको थियो ।
भ्रमण टोलीले मनाङ बाट पदयात्रा शुरु गरी अन्नपूर्ण परिक्रमा लगायत मनाङको सिनोगक (यहुदिको मन्दिर) मा प्रार्थना गर्ने कार्यक्रम रहेको छ । निजहरुको भ्रमणका लागि सलोम नेपाल नामक संस्थाले सहयोग तथा व्यवस्थापन गर्नेछ । उक्त कार्यक्रममा भ्रमण टोलीका एकजना ईजरायलीले भने “मेरो छोराले लडाईमा बीरगति प्राप्त गर्यो, मलाई चिन्ता लागको छ, अतः म नेपालको पहाडमा शान्तिको खोजमा जौदछु, त्यस्तै अर्का सहभागीले भने “ म सेनाबाट आएको त्यसकारण – फरक अनुभवको लागि नेपाल जाँदैछु, गाँजाबाट बन्दी जीवन विताएका सदस्यलाई साथमा लिएर म नेपाल जाँदैछु, धेरै जस्तो लडाईमा घाइते, प्रभावित, बन्दीको परिवार बन्दी वनाइएका बन्धक पनि सहभागी छौ “ । उनीहरुलाई फिजियो थेरापि गराउने फिजियोथेरापिस्ट यूनि समेत ट्रेकिङको ग्रुपमा आउदैछिन । त्यस्तै भ्रमण टोलीमा क्यान्सर बाट बचेको, युद्धमा दुवै खुट्टा गुमाएको समेत सहभागी रहनेछ । त्यस्तै इलात नजिकको किबुटसिम बाट सहभागि हुने एक कृषकले भनिन्, जवानीमा अन्नपूर्ण गएको थिए फेरि बुढेसकालमा जाने विचार भयो, अर्को डाक्टरले पनि जवानीमा गएको नेपाललाई पुन स्मरण गर्न जाँदछु, त्यस्तै प्यारालासिस भएकोले पनि नेपाल हेर्ने इच्छा व्यक्त गरेको र कोहीले पाँच पटक नेपाल भ्रमण गरि सकेको तर पुनः नेपाल हर्ने इच्छा भएको व्यक्त गरे । पथ प्रदर्शकहरु र व्यवस्थापकहरुले प्रति दिन ५०० मिटर ऊँचाईमा यात्रा गर्ने योजना तर्जुमा गर्नु भएको छ ।
साथै राजदूत महामहिमज्यूले भ्रमण टोली सबैलाई सफल, सुरक्षित र अविस्मरणीय यात्राका लागि शुभकामना समेत व्यक्त गर्नु भयो ।


































