
काठमाडौं । पहिलो सर्किट ब्रेकपछि सेयर बजार सम्हालिएको छ । कारोबार सुरु भएको ४ मिनेटमै बजार ४ प्रतिशत अर्थात् १०२ अंक बढेर पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि १५ मिनेट स्थगित भएर खुलेको बजार सम्हालिएको हो । ११ : ५० बजेसम्म नेप्से ६३ अंकले बढेको छ । सो वृद्धिपछि २६२२ अंकमा छ । अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदबिक्रीमा सहजीकरण गरेपछि बजारमा आज सकारात्मक संकेत देखिएको हो । ११ : ५० बजेसम्म १ अर्ब ८३ करोडको कारोबार भएको छ ।





























