जोडिनुहोस
  • होमपेज
  • पाल्पामा मध्यराति चिच्याएर वर माग्ने अनौठो मेला

पाल्पामा मध्यराति चिच्याएर वर माग्ने अनौठो मेला

पाल्पाको तिनाउ गाउँपालिका-४, सत्यवतीमा गत शनिबारदेखि वर माग्ने मेला सुरु भएको छ । यो मेलामा सत्यवती तालमा परिक्रमा गरी सत्यवती बज्यौसँग चिच्याउँदै वर माग्ने प्रचलन रहेको छ ।

मेलामा भारतबाट समेत दर्शनार्थीहरु  आउने गर्दछन् । सत्यवती मन्दिरमा कात्तिके पूर्णिमाको अवसर पारेर हरेक वर्ष चिच्याएर वर माग्ने मेला लाग्ने गर्दछ । परापूर्वकालमा सत्यवती बज्यै घना जङ्गलको बीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको भन्ने भनाई रहेको छ । सत्यवती बज्यै कान नसुन्ने थिइन् । त्यसैले भक्तहरुले सत्यवती ताल नजिकै पुगेर चिच्याएर चाहेको वर माग्ने गरिन्छ । यसरी मागेको वर बज्यैले पूरा गरिदिने भन्दै विश्वास गरिन्छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष कात्तिके पूर्णिमामा वर माग्नेको घुइँचो लाग्छ । यस मन्दिरमा पूजा गर्दा तालको छेउमा बाँस, निगालो, साल आदि जातका लिङ्गो गाढेर मध्यरातमा चिच्याएर वर माग्ने र बिहान सोही लिंगो चिनेर पूजा गर्ने प्रचलन छ । यो मन्दिरमा भाकलअनुसार बोका, पाठी, कुखुरा, परेवालगायतको बली पनि दिने चलन रहेको छ । यो मेला पूर्णिको भोलिपल्टसम्म चल्ने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका