जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईंलाई पक्राउ गरेपछी उपत्यकामा सुरक्षा व्यवस्था झन् कडा पारियो

दुर्गा प्रसाईंलाई पक्राउ गरेपछी उपत्यकामा सुरक्षा व्यवस्था झन् कडा पारियो

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाई मध्यराति पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था अझै कडा पारिएको छ ।

प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने  आँकलन गरी उपत्यकाको सुरक्षा थप चुस्त बनाइएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीनवटै जिल्ला प्रहरी परिसरलाई निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पार्न भनेको छ । सोहीअनुसार अहिले सडकमा बाक्लो रूपमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तिव्र पारेका थिए । तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

अहिले प्रसाईंलाई परिसरको भद्रकालीस्थित हिरासतमा राखिएको छ । प्रसाईंलाई आजै अदालत उपस्थित गराएर म्याद लिएर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका