जोडिनुहोस
  • होमपेज
  • प्रलोपाको कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्रै रहने

प्रलोपाको कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्रै रहने

काठमाण्डौ । नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले एक व्यक्ति एउटा मात्रै कार्यकारी पदमा रहन सक्ने व्यवस्था गरेको छ। आइतबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी घोषणा कार्यक्रममा घोषणा पत्र पढेर सुनाउँदै नेता जनार्दन शर्माले पार्टीभित्र एक व्यक्ति एउटा मात्रै कार्यकारी पदमा रहन सक्ने व्यवस्था गरिएको बताएका  हुन्।  त्यस्तै कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल सम्म मात्रै रहन पाउने व्यवस्था गरिएको पनि शर्माले बताएका छन्।  ‘एक व्यक्ति एक कार्यकारी पद, एक व्यक्ति दुई कार्यकाल र फिर्ता बोलाउने व्यवस्था समेत हुनेछ,’ उनले भने। नेता शर्माले ‘असफल’ दलहरूले गरेको खराब प्रयोगबाट शिक्षा लिँदै संगठनमा लोकतन्त्रको अभ्यास गरिने बताए।

‘पार्टीका सबै कमिटी स्वायत्त हुनेछन्। आफ्नो नेता तथा प्रतिनिधि छान्ने उम्मेदवार छनोट गर्ने आदी सबै जिम्मेवारी सम्बन्धित कमिटीलाई नै दिइन्छ।कमिटीमा जनसंख्या र भूगोलका आधारमा प्रतिनिधित्व र सहभागी गराइन्छ,’ उनले भने।

पार्टीभित्र विधिप्रधान सामूहिक निर्णय, सामूहिक समानुपातिक निर्णय पद्धति र व्यक्तिगत जबाफदेहि अनिवार्य हुने पनि शर्माले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका