
शनिबार नेपाली कम्युनिस्ट पार्टीको बागमती प्रदेश कमिटीले विभिन्न र्यालीसहितको प्रदर्शनपछि भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गरेको हो । नेता कार्यकर्ताहरू काठमाडौंका विभिन्न स्थानबाट र्यालीहरूसहित पद्मोदय अगाडिको मुख्य मञ्चमा पुगेर अहिले सभा गरिरहेका छन् । रत्नपार्कबाट सुरु भएको र्यालीमा तारकेश्वर, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी–मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३, ४ र ५ को र्याली डिल्लीबजार (चारखाल) तथा काठमाडौं–१ र २, भक्तपुर, काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापको र्यालीहरु समेत समावेश भएका छन् । सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गरेका छन् ।






























