जोडिनुहोस
  • होमपेज
  • ‌ओली आफैं उपस्थित नहुने, जाँचबुझ आयोगमा जवाफ पठाउन तयार

‌ओली आफैं उपस्थित नहुने, जाँचबुझ आयोगमा जवाफ पठाउन तयार

 काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः जाँचबुझ आयोगमा आफ्नो भनाइ राख्न सहमत भएका छन् । नेकपा एमाले एवं जाँचबुझ आयोग सम्बद्ध स्रोतका अनुसार, सिंहदरबारस्थित आयोगको सचिवालयमा उपस्थित भएर बयान नदिए पनि ओलीले कुनै न कुनै रूपमा आयोग समक्ष आफ्नो भनाइ राख्न तयार भएका हुन् ।

एमाले उच्च स्रोतका अनुसार शीर्ष राजनीतिक तहमा यसबारे एक प्रकारले सहमति नै भइसकेको छ । एमाले स्रोतले भन्यो ‘बयान दिन भनेर कतै जानु हुन्न, तर गुन्डुमै गएर आयोगका प्रतिनिधिहरूले कुरा गर्न सक्नुहुन्छ ।’ ओलीको बयानबारे आयोगका पदाधिकारी पनि लचकता अपनाउन तयार रहेको उक्त स्रोत बताउँछ । ‘थुप्रै चरणमा सम्भावित विकल्पहरूमा छलफल भएको छ,’ स्रोत भन्छ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बालुवाटारमै बोलाएको तीन शीर्ष नेताको बैठकमै ओली सहभागी हुनुले पनि बयानको वातावरण बनिरहेको अनुमान लगाउन सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका