
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आज राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम भएको छ। पुस ९ गते राप्रपा र राप्रपा नेपालबीच एकताको सहमति भएको थियो। सोही सहमती अनुरुप आज राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता भएको हो। पार्टी एकतापछि अव पार्टीको नाम राप्रपा नै रहनेछ।





























