जोडिनुहोस
  • होमपेज
  • सशस्त्रकाे बीओपीमा आक्रमण, सुनसरीको लौकहीको अवस्था तनावग्रस्त

सशस्त्रकाे बीओपीमा आक्रमण, सुनसरीको लौकहीको अवस्था तनावग्रस्त

सुनसरीको कोशी गाउँपालिका–१ लौकही नजिकै सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि आक्रोशित भिडले सशस्त्र प्रहरीको क्याम्पमा आक्रमण गरेको छ । लौकहीको सीमावर्ती क्षेत्रमा रहेको बोर्डर आउट पोष्ट(बीओपी)मा आक्रमण र ढुंगामुढा भएको हो । स्थिति तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीलाई आक्रमण नगर्न आग्रह गरिरहेका छन् । बीओपीको चारैतिरबाट आक्रमणपछि भएपछि प्रहरीले बल  प्रयोग गरेको छ । स्थानीय प्रशासनले  वार्तामा आउन पीडित पक्षलाई आग्रह गरेको छ ।

बुधबार राति १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । उनी भारतबाट सामान ल्याएर बिक्री गर्थे । सशस्त्र प्रहरीले तस्करको समूहसँग गोली हानाहान हुँदा विजयलाई लागेको बताउँदै आएको छ । स्थानीयले सुरु गरेको प्रदर्शन अराजक बनेपछि लौकही क्षेत्रको अवस्था तनाबग्रस्त बनेको छ । सीमा क्षेत्रबाट हुने आवातजावत बन्द छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका