जोडिनुहोस
  • होमपेज
  • निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा पुग्यो देउवा समूह

निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा पुग्यो देउवा समूह

नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन कार्यतालिका स्थगन गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई आयोग पठाइएको देउवा समूहका एक नेताले बताए । माघ ६ गतेलाई निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मदवारी दर्ता गर्ने मिति तोकेको छ । तर, कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई आयोगले मान्यता दिएपछि देउवा समूह त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको छ । रिटको पेसी माघ ६ गतेलाई तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका