जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य ताेलामा ३ लाख नजिक पुग्यो

सुनको मूल्य ताेलामा ३ लाख नजिक पुग्यो

नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले र चाँदी तोलामा ४० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो । यस दिन चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । आजको बजारमा चाँदी तोला ५ हजार ८९२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८८० रुपैयाँमा खरिद बिक्री भएको थियो । मंगलबार कायम मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका