
नेपालमा कराते खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यसहित काठमाडौंमा पहिलो राष्ट्रिय ओकिनावा गोजु–र्यु कराते–डो च्याम्पियनसिप–२०२६ सम्पन्न भएको छ । नेपाल ओकिनावा गोजु–र्यु कराते–डो संघको आयोजनामा भएको प्रतियोगितामा देशभरका विभिन्न उमेर समूह र तौल वर्गका खेलाडीहरूले उत्साहजनक सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेका छन । डा. तिलु रानाको सभापतित्वमा काठमाडौको आनन्द होटलमा भएको कार्यक्रममा नेपाल कराते महासंघका महासचिव दावा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो, त्यस्तै बिशिष्ट अतिथीमा नेपाल कराते महासंघको केन्द्रिय सचिव प्रेम बम्जन रहनु भएको उक्त प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्नुका साथै युवापुस्तालाई खेलतर्फ आकर्षित गर्ने सन्देश दिएको आयोजकले जनाएको छ ।
बालबालिकादेखि किशोर समूहसम्मको सहभागिताले कराते खेलप्रति बढ्दो आकर्षणलाई झल्काएको छ । ५० केजी तौल समूह बालिका कुमितेतर्फ सुमिला पौडेल विजेता भइन । आठ वर्षमुनि बालिका कुमितेमा सजिता खान, १० वर्षमुनि रेसिका तामाङ, १२ वर्षमुनि निरुता श्रेष्ठ तथा १४ वर्षमुनि रितिशा पौडेलले प्रथम स्थान हासिल गरे । बालकतर्फ १५ केजी तौल समूहमा प्रकृत पोखरेल, १० वर्षमुनि रोज श्रेष्ठ, ३५ केजी तौल समूहमा आशुतोष न्यौपाने, छ वर्षमुनि मनिष थापा, ११ वर्षमुनि आदित राई, १२ वर्षमुनि अविक न्यौपाने तथा १३ वर्षमुनि अशोक न्यौपाने विजेता बने । त्यसैगरी ४० केजी तौल समूहमा अजित श्रेष्ठ, ४५ केजीमा विजय मगराती, ५० केजीमा अरविन श्रेष्ठ, ५५ केजीमा अब्देश हजारी तथा ६० केजी तौल समूहमा कुण्डन लामिछाने प्रथम भए । टिमतर्फ समग्र अंकका आधारमा ग्रेसल्यान्ड डोजो प्रथम, भक्तपुर डोजो दोस्रो र झरना फिटनेस डोजो तेस्रो स्थानमा रहे । कराँते कोच डा. तिलु रानाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल कराते महासंघका महासचिव दावा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा पवित्रा भण्डारी, हेमकुमार श्रेष्ठ, विक्रम महर्जन, कल्पना चापागाई, शिला खड्गी, रविन पोख्रेल लगाएतको उपस्थिति रहेको थियो ।
रेफ्रि संयोजन रवि शाहीले गरेका थिए भने अन्य रेफ्रिको भूमिका पेम्वा लामा, प्रेम थापा, सन्दीप थापा लगाएतले गरेका थिए । प्रतियोगितामा बागमती, लुम्बिनी र गण्डकी प्रदेशको सहभागिता रहेको थियो । आगामी बैखाखमा अन्तराष्ट्रिय खेलको आयोजना गर्ने आयोजकले जनाएको छ । यस्ता प्रतियोगिताले युवालाई अनुशासित बनाउने मात्र होइन, खेलमार्फत स्वस्थ समाज निर्माणमा पनि योगदान पु¥याउने आयोजकको विश्वास छ । आयोजकका अनुसार प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न मद्दत गर्नुका साथै कराते खेलको विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।







































