जोडिनुहोस
  • होमपेज
  • सुनसरीमा भारतको सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य शुरु

सुनसरीमा भारतको सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य शुरु

सुनसरीको दुहवी नगरपालिका- ४ मा भारतको सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य सुरु भएको छ । उक्त केन्द्रको भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले आइतवार संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत भारत सरकारको करिब १६ करोड ४० लाख आर्थिक सहयोगमा फोहोरमैला केन्द्र निर्माण हुन लागेको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ। आयोजनाको कार्यान्वयन दुहवी नगरपालिकामार्फत गरिने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा दुहवी नगरपालिकाका मेयरसहित अन्य सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै यस परियोजनाले नगरपालिकामा दिगो फोहोरमैला व्यवस्थापन प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै दुई छिमेकी देशबिचको समब्नन्ध अझै सु-मधुर हुनेमा विश्वास व्यक्त गरेका छन् ।

 

silanyas 0silanyas 11

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका