जोडिनुहोस
  • होमपेज
  • चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे चिनियाँ इलेक्ट्रिक चुरोट (भेप) सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका–३ का पासाङ शेर्पा रहेका छन् ।

मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट जेठ १ गते राति ५ सय ९० कार्टुन चिनियाँ इलेक्ट्रिक चुरोट (भेप) सहित विभिन्न सामान र दुई वटा कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो।

ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका कन्टेनरमा कोरोला नाकाहुँदै काठमाडौंतर्फ ल्याइँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।

बरामद सामानमा इलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा तथा १५ केजी खाली कार्टुन बक्स रहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ भने बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका