जोडिनुहोस
  • होमपेज
  • पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

काठमाडौं। पर्वतको अर्मादीमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका–२, कुश्मा–बागलुङ सडकखण्ड अन्तर्गत पर्ने अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएको हो।

प्रहरीका अनुसार ग १ झ ६९५ नम्बरको बिरामी बोकेको एम्बुलेन्स र बा ०६००१०३०९ नम्बरको बस एकआपसमा ठोकिँदा दुर्घटना भएको हो।

डीएसपी भुसालका अनुसार घाइतेहरूको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका