जोडिनुहोस
  • होमपेज
  • धनराज गुरुङले भने– सहकारी अपचलनबारे थाहा छैन, ज्योतिसँग ‘डिभोर्स’ भइसक्यो

धनराज गुरुङले भने– सहकारी अपचलनबारे थाहा छैन, ज्योतिसँग ‘डिभोर्स’ भइसक्यो

काठमाडौं। सहकारीको रकम अपचलनमा मुछिएपछि सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उक्त कारोबारबारे आफूलाई केही थाहा नभएको बताएका छन् । श्रीमती ज्योति गुरुङसँग आफू अलग भइसकेकाले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिनाबारे आफूलाई थाहा नभएको उनले दाबी गरेका हुन् ।

एक विज्ञप्ति जारी गर्दै गुरुङले श्रीमतीले सहकारीमा काम गरेको स्वीकार गर्दै अहिले उनीसँग आफ्नो कुनै सम्बन्ध नरहेकाले नाम जोड्नु गलत भएको जिकिर गरेका छन् । ‘तत्कालीन मेरी श्रीमती ज्योति गुरूङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन् । निज उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनबारे मलाई जानकारी हुने विषय भएन,’ उनले भनेका छन्, ‘जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्नेबारे जे जस्ता भ्रामक समाचार सम्प्रेषित भएका छन्, त्यसप्रति मेरो गम्भीर आपत्ति छ । निज ज्योतिजीसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतिजीसँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु ।’

उनले सहकारी अपचलनबारे छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै अगाडि भनेका छन्, ‘अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारका पछाडि नलाग्न सर्वप्रथम म आम नेपाली जनता, शुभचिन्तक तथा पार्टीका केन्द्रदेखि वडा तह र विदेशस्थित सम्पूर्ण साथीहरूमा हार्दिक अपिल गर्न चाहन्छु ।’

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा उजुरी परेको छ । मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजको विरुद्धमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका हुन् ।

धनराज र ज्योति श्रीमान–श्रीमती हुन् । उनीहरुमाथि करिब १५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ । धनराज र ज्योतिले केहि समयअघि सम्बन्धविच्छेद गरेका छन् भने यहि विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने कतिपयको तर्क छ ।

458703097 522381987153655 7510491493601699973 n

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका