जोडिनुहोस

देश

घट्यो अन्डाको मूल्य

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बिहिबार, अशोज २२, २०८३
घट्यो अन्डाको मूल्य

काठमाडौं। दुई साताभित्रै कुखुराको अन्डाको भाउ घटेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अन्डा उत्पादन बढेसँगै मूल्य घटेको हो।

यसअघि भदौ १३ मा अन्डाको भाउ सबैभन्दा ठूलो (एक्सएल) ५ सय २५ र ठूलो (लार्ज) को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट थियो।

अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ। यस्तै मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ।

संघ अध्यक्ष विनोद पोखरेलका अनुसार अन्डा उत्पादन बढ्दा भाउ घटेको हो। ‘अहिले माउ कुखुरा बिक्री राम्रो भएको छैन, नयाँ चल्ला पनि धेरै हुर्केका छन्, जसले अन्डा उत्पादन बढायो,’ उनले भने।

किसानले पाउने यो भाउ चितवनका किसानको फार्मलाई आधार मानेर तय भएको पोखरेलले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका