जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलले राखे शीतल निवासमा जमरा

राष्ट्रपति पौडेलले राखे शीतल निवासमा जमरा

काठमाडौं। बडादशैं २०८१ का अवसरमा पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा अर्चना गरी घटस्थापनासहित जमरा राखेका छन् ।

बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रतीकका रूपमा कलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति पौडेलले जमरा राखेका हुन् ।

आज राखिएका जमरा विजयादशमीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रूपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका