जोडिनुहोस
  • होमपेज
  • सैनिकमञ्चमा मनाइयो संविधान दिवस

सैनिकमञ्चमा मनाइयो संविधान दिवस

संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरू पनि सहभागी भए।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले सांस्कृतिक झाँकी प्रस्तुत गरे। शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो।

संविधान दिवसको अवसरमा आजै साँझ राष्ट्रपति पौडेलले शीतल निवासमा एक कार्यक्रम आयोजना गरेका छन्। साथै नारायणहिटी दरबार अगाडिको सडकमा आज साँझ साङ्गीतिक कार्यक्रम पनि आयोजना गरिएको छ।

04575318498 98 2नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने गर्दछ।

संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आह्वान गरेका छन्।

04580142398 98 1सरकारले संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डा फहराउन र घरघरमा दीपावली गर्न सबैमा आह्वानसमेत गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका