जोडिनुहोस
  • होमपेज
  • ‘नेशनल डे कन्सर्ट’ बाट पक्राउ परेका एक व्यक्ति ज्यान मार्ने उद्योगका फरार प्रतिवादी

‘नेशनल डे कन्सर्ट’ बाट पक्राउ परेका एक व्यक्ति ज्यान मार्ने उद्योगका फरार प्रतिवादी

काठमाडौं। काठमाडौंको दरबारमार्गबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। दरबारमार्गमा बिहीबार संविधान दिवसका अवसरमा ‘नेशनल डे कन्सर्ट’ को आयोजना भएको थियो। उक्त कन्सर्टमा धकेलाधकेल र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो।

ती व्यक्तिलाई नियन्त्रणमा लिएर पृष्ठभूमि हेर्दा फरार प्रतिवादी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनकाअनुसार बझाङ मष्ट गाउँपालिका ३ स्थायी घर भई माछापोखरी बस्दै आएका १९ वर्षीय तिलक खड्का पक्राउ परेका हुन्।

उनीविरूद्ध प्रहरी वृत्त दरबारमार्गबाट तीन महिनाअघि मुद्दा चलेको थियो। त्रिचन्द्र क्याम्पसमा तीन महिना अगाडि सोही क्याम्पस पढ्ने प्रवेश लामालाई ‘नक’ ले प्रहार गरेर घाइते बनाएका थिए।

घाइते लामा अहिले खतरामुक्त भइसकेका छन्। तर उक्त घटनापछि फरार रहेका खड्कालाई प्रहरीले पक्राउ गरी म्याद थप गर्ने तयारी गरिरहेको हो।

खड्काविरूद्ध ज्यान मार्ने उद्योग कै अर्को घटना पनि रहेको खुलेको हो। यद्यपि उक्त मुद्दामा भने उनी धरौटीमा छुटेको प्रहरीले जनाएको छ।

‘दरबारमार्गमा धकेलाधकेल गर्नेहरू उनी मुख्य थिए। उनीसहित अन्य तीन जनालाई पनि ल्याएका थियौँ,’ एसपी अधिकारीले भने, ‘खड्का भने फरार रहेको खुल्यो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका