जोडिनुहोस
  • होमपेज
  • महिला एनपीएल आयोजना गर्न क्यानलाई प्रधानमन्त्री ओलीको सुझाव

महिला एनपीएल आयोजना गर्न क्यानलाई प्रधानमन्त्री ओलीको सुझाव

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेपाल प्रिमियर लिग क्रिकेटको आयोजना गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई सुझाव दिएका छन् ।धरहरा परिसरमा आज नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण कार्यक्रममा प्रधानमन्त्री ओलीले एनपीएलका लागि शुभकामना दिँदै आउँदा दिनमा महिला एनपीएलको आयोजना गर्न पनि क्यानका पदाधिकारीसँग आग्रह गर्नुभएको हो । उनको क्रिकेट युवा पुस्ताको एउटा सपना र गौरव बनेको बताए। प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन व्यवसायको पनि प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

यस्तै कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपीएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउने बताए । उनले एनपीएलको चर्चा स्वदेशमा मात्र नभई विदेशमा समेत भइरहेको भन्दै एनपीएलले आर्थिक, औद्योगिक र पर्यटकीय क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । खेल क्षेत्रले नेपाललाई अब विश्वमा चिनाउने मन्त्री चौधरीको भनाइ छ ।

यस्तै कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एनपीएल नेपाली खेलकुदलाई बुझ्ने पुरानो मूल्य, मान्यता तोडेर नयाँ मान्यता स्थापित गर्ने एउटा ऐतिहासिक प्रतियोगिता भएको बताए ।

आउँदो शनिवार मङ्सिर १५ गतेदेखि शुरू हुने एनपीएलको ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुङ्गा समावेश गरिएको छ । एनपीएलमा विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी खाठ वटा टोली छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका