जोडिनुहोस
  • होमपेज
  • तनहुँमा पनि स्ट्रबेरी खेती

समाचार

तनहुँमा पनि स्ट्रबेरी खेती

  • Avatar of Sanchar NP
    Sanchar NP
  • सोमवार, साउन २५, २०८३
तनहुँमा पनि स्ट्रबेरी खेती

तनहुँ। ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरी खेती थालेको छ।

गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरी खेती सुरु गरेको हो।

गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा २ हजार २५० स्ट्रबेरीका बिरुवा रोपिएका छन्।

परीक्षणका रूपमा खेती गरिएको हो। तीन प्रजातिका बिरुवा रोपिएको छ। केहीमा रासायनिक र केहीमा जैविक मल हालेर बिरुवा रोपिएको बताउँदै उनले भने, ’कुनचाहिँ राम्रो हुन्छ परीक्षण गर्छौँ र त्यसै अनुरूप खेती विस्तार गर्नेछौँ ।’

ऋषिङको हावापानी स्ट्रबेरीका लागि सुहाउँदो भएकाले प्रतिफल पनि राम्रो हुने प्राविधिक पण्डितको विश्वास छ। अपेक्षाअनुसार उत्पादन भएमा खेती विस्तार गरिने उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका