
काठमाडौं। झ्याप्ले खोलामा पुरिएका १३ जनाको शव निकालिएको छ। फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो। अहिले बस निकाल्ने काम भइरहेको छ। सोही क्रममा शव फेला परेको हो। फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन।
सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ। झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए। ती बसबाट १४ जनाको शव निकालिएको थियो।







































