जोडिनुहोस
  • होमपेज
  • लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

काठमाडौं। लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा भक्तपुरको साँगामा आकस्मिक अवतरण गरेको छ।

आइतबार बिहान सवा १० बजे हेलि एभेरेष्टको ९ एन–एकेजी हेलिकप्टर लुक्लाबाट काठमाडौं आउँदै गर्दा चरा ठोक्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

उनका अनुसार ११ बजेर २ मिनेटमा नलिन्चोक भन्दा एक माइल पूर्वमा चरा सिसामा ठोक्किएको हो। चरा ठोक्किएपछि पाइलटले हेलिकप्टर साँगामा आकस्मिक अवतरण गराएको उनले बताए।

हेलिकप्टरमा विदेशी पाइलट र पाँच जना यात्रु थिए। हेलिकप्टरको बाहिरी भागमा केही क्षति पुगेको हुनाले प्राविधिक टोलीले साँगा पुगेर जाँच गर्ने भुलले बताए।

‘प्राविधिक टोलीले त्यहाँ पुगेर जाँच गर्छ। यात्रुहरू गाडीबाट फर्काइएका छन्,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका