जोडिनुहोस
  • होमपेज
  • चणिकलाल तामाङलाई कार्यवाहक प्रम सिंहले गरे सम्मान

चणिकलाल तामाङलाई कार्यवाहक प्रम सिंहले गरे सम्मान

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन् । सोमबार सहरी विकास मन्त्रालयमा सिंहले तामाङलाई सम्मान गरेका हुन् ।

तामाङले शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए । कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदीमा बगिरहेकाहरूको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका