जोडिनुहोस
  • होमपेज
  • पूर्वपश्चिम राजमार्गः भासिएको पुल नजिकैबाट दुईतर्फी डाइभर्सन, यात्रा अवधि छोटियो

पूर्वपश्चिम राजमार्गः भासिएको पुल नजिकैबाट दुईतर्फी डाइभर्सन, यात्रा अवधि छोटियो

काठमाडौं। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी खोलामा पुल भासिएको स्थान नजिकैबाट दुईतर्फी डाइभर्सन बनाएपछि यात्राको अवधि छोटिएको छ ।

पहिले पुल छेउबाटै डाइभर्सन नहुँदा लामो यात्रा गर्नुपर्ने बाध्यता थियो । ‘गएरातिदेखि पुलको छेउमै ह्‍युमपाइप राखेर दुईतर्फी डाइभर्सन बनेपछि करिब एक/डेढ घण्टा यात्रा छोटियो,’ नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भने ।

पहिले पुल छेउमै डाइभर्सन नहुँदा होङ्सी सिमेन्ट कारखानाको छेउछेउ हुँदै घुमाउरो यात्रा गर्नु पर्दथ्यो । ‘पुल छेउबाटै गाडी गुड्न थालेपछी अब यात्रा पहिलेको जस्तै भयो,’ पोखरेलले भने ।

गत बिहीबार विनयी खोलाको पुल भाँचिएपछि यात्रा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका