जोडिनुहोस
  • होमपेज
  • पहिरोले अवरुद्ध २९ राजमार्ग खुल्यो, ७ सय ७४ स्थानको पहिरो हटाइयो

पहिरोले अवरुद्ध २९ राजमार्ग खुल्यो, ७ सय ७४ स्थानको पहिरो हटाइयो

काठमाडौं। अविरल वर्षाका कारण बाढी र पहिरोले अवरुद्ध ३४ वटा राजमार्गमध्ये २९ वटा संचालनमा ल्याइएको छ।

३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा ७ सय ७४ स्थानको पहिरो हटाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

‘अझैसम्म ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात संचालन गर्न अनवरत प्रयास जारी छ।’ मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ।

अरनिको राजमार्ग, वीपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्ग पूर्णरुपमा बन्द छन्। यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ, फिलिङ टेवा पर्खालका साथै ह्युमपाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात संचालन गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ।

बाढी पहिरोले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको भन्दै मन्त्री देवेन्द्र दाहालले प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको छ। क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उल्लेख गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका