जोडिनुहोस
  • होमपेज
  • एकैदिन २२ सय बढेर सुनले आज फेरि बनायो अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड

एकैदिन २२ सय बढेर सुनले आज फेरि बनायो अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड

काठमाडौं। सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) सुनको मूल्य एक लाख ७० हजार सातसय रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँचसय रुपैयाँ थियो। आज एकैदिन २२ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो बनेको हो।

चाँदी पनि आज महँगिएको छ। चाँदी आज तोलाको दुई हजार एक सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य दुई हजार एक सय पाँच रुपैयाँ थियो। चाँदी आज तोलामा १५ रुपैयाँ बढेको हो।
सुनको भाउले दिनदिनै नयाँनयाँ रेकर्ड बनाउन थालेपछी सर्वसाधारणले सुनको ढिक्का नै किन्न थालेका व्यवसायीले बताएका छन्।
तिहारको बेला सुनचाँदीको किनबेच धेरै हुन्छ। सुरक्षित लगानी मानिने सुन अप्ठ्यारोमा तत्काल बेचेर नगद आर्जन गर्न सकिने हुँदा सर्वसाधारणले ढिक्का नै किन्न थालेका व्यवसायीले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका