
काठमाडौं। ललितपुरको भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
इटहरीका भिमादेवी थापा बिहीबार पक्राउ परेकी हुन् । यसअघि सुष्मा विक र ताज इस्लाम पक्राउ परेका छन् । बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए । त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको थियो ।
घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । कार्यस्थलमा रहँदा विवादित बन्दै आएकी बिनुकुमारीलाई उपत्यका प्रहरीले जिम्मेवारविहीन बनाएको छ ।









































