जोडिनुहोस
  • होमपेज
  • कपिलवस्तुमा स्यालले टोक्दा १० जना घाइते

कपिलवस्तुमा स्यालले टोक्दा १० जना घाइते

कपिलवस्तु। विजयनगर गाउँपालिका ३ अन्तर्गत पत्थरदेइया र माहादेइया गाउँमा स्यालको टोकाइबाट १० जना घाइते भएका छन्।

बिहीबार स्यालको टोकाइबाट पत्थरदेइया गाउँका १२ वर्षीय माहाजार आलम, ५२ वर्षीया राजमती कोरी, ५५ वर्षीय जगनाथ अहिर, ५० वर्षीय भोला पासी, १२ वर्षीय कृष्ण यादव किसन घाइते भएका हुन्। यस्तै माहादेइया गाउँका ५० वर्षीय वव्बु केवट, ३५ वर्षीय शिवकुमार यादव, ५० वर्षीय मुन्नालाल चौधरी, १५ वर्षीय अर्जुन यादव र कृष्णनगरका एक जना पनि स्यालको आक्रमणबाट घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार, स्यालको आक्रमणपछि घाइतेलाई तत्कालै अस्पताल पठाइएको थियो। रेबिजविरुद्धको खोप अभावका कारण ४ जनालाई बुटवल पठाइएको छ भने बाँकी घाइतेलाई शिवराज अस्पताल, बहादुरगञ्जमा खोप लगाइएको छ।

प्रहरीका अनुसार, घाइते सबैको अवस्था सामान्य छ। स्यालको आक्रमणको घटनापछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका