जोडिनुहोस
  • होमपेज
  • महाकाली तरेर आइपुग्यो भारतीय एक्स्काभेटर, चालक नियन्त्रणमा

महाकाली तरेर आइपुग्यो भारतीय एक्स्काभेटर, चालक नियन्त्रणमा

दार्चुला। दार्चुला सदरमुकामनजिक महाकाली नगरपालिका–५ स्थित वीरेन्द्रवन नजिक नेपाल–भारत सीमा नदी महाकाली नदीवारि (नेपालतर्फ) भारतीय एक्स्काभेटर आएको छ ।

आइतबार बिहान साढे ११ बजेतिर अनुमतिबिना भारतीय ठेकेदार कम्पनीको एक्स्काभेटर महाकाली नदी तरेर वारि आइपुगेको छ ।

074831362i1

स्थानीयले मेसिनसहित चालकलाई नियन्त्रणमा लिएको छ । अहिले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी नदी किनारमा पुगेका छन् । स्थानीय र सुरक्षा अधिकारीबीच यस विषयमा छलफल भइरहेको छ । २०७० सालको बाढीको कटानपछि नेपाली भूभाग नदीपारि पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका