जोडिनुहोस
  • होमपेज
  • ‘गैँडाज्’ र ‘डाँफेज्’ जस्ता शब्दलाई स्थापित गर्नुपर्छः एमाले महासचिव पोखरेल

‘गैँडाज्’ र ‘डाँफेज्’ जस्ता शब्दलाई स्थापित गर्नुपर्छः एमाले महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा भनेका ‘गैँडाज्’ र ‘डाँफेज्’ जस्ता शब्दलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताएका छन्।

ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नहुने भन्दै महासचिव पोखरेलले विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नुपर्ने उल्लेख गरेका छन्।

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ‘गैँडाज्’ र ‘डाँफेज्’ शब्द प्रयोग गरेका थिए। त्यसपछि सामाजिक सञ्जालमा उनलाई ट्रोल बनाइएको थियो।

यसै सन्दर्भमा शुक्रबार एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीलाई अङ्ग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको गुनासो सामाजिक सञ्जाल फेसबुकमा गरेका छन्।

तर प्रधानमन्त्री ओलीले केही समय पहिले नेपालमा पनि अङ्ग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा डाँफे र गैँडालाई अङ्ग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्न उचित हुने विषय उठाएको स्मरण पोखरेलले गरेका छन्। त्यसैले ओलीको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको ‘गैँडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई सोही परिप्रेक्षमा बुझ्नुपर्ने उनले बताएका छन्।

‘यद्यपि उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन। तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन,’ एमाले महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका