जोडिनुहोस
  • होमपेज
  • नेपालमा सभ्यतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

नेपालमा सभ्यतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं। नेपालमा सभ्यतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

विश्वलाई शान्तिमय बनाउने मुल उद्देश्यका साथ मानवीय सभ्यताका विविध विषयमा छलफल सुरु गरिएको हो । विश्वभरका सभ्यता सम्बन्धी अनुसन्धानकर्ताहरु सहभागी भएर सभ्यतामार्फत शान्तिमय विश्व बनाउने उद्देश्य सम्मेलनले लिएको अनुसन्धानकर्ता डा.विक्रम तिमिल्सिनाले जानकारी दिए ।

उनले भने, ‘करिव १०, १२ देशका भारत, चीन, अमेरिका, त्यसैगरी पाकिस्तान, संयुक्त अरव ईमिरेट्स, क्यानडा, हङकङ विभिन्न ठाउँका सभ्यतालाई एउटा शान्तिको द्वारको रुपमा, एउटा शान्तिको मार्गको रुपमा प्रश्तुत गर्नका लागि सभ्यतालाई प्रयोग गर्न सकिन्छ भन्ने बारेमा आज हामी छलफल गरिरहेका छौं । सभ्यता भनेको भिड्ने चिज होइन, जुट्न सकिन्छ सभ्यतामार्फत भन्ने सन्देश पनि यहाँ दिन खोजिएको हो ।’

भारत, चीन, अमेरिका, पाकिस्तान, संयुक्त अरब ईमिरेट्स, क्यानडा, हङकङ लगायतका देशहरु सहभागी रहेको तीन दिने सम्मेलन शुक्रवारबाट काठमाडौं सुरु भएको छ । शनिवार र आईतवार (भोलि र पर्सी) भने सो सम्मेलन नगरकोटमा आयोजना हुनेछ ।

सभ्यतालाई विश्वशान्तिको माध्यामको रुपमा अघि बढाउने सो अन्तर्राष्ट्रिय सम्मेलनको जोड छ । अनुसन्धानकर्ता डा.तिमिल्सिनाले सम्मेलनको सो निचोडलाई विश्वशान्ति कायम गराउने बौद्धिक सम्पतीको रुपमा अघि बढाइने लक्ष्य लिइएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका