जोडिनुहोस
  • होमपेज
  • युक्रेनको कारण युद्ध भएको ट्रम्पको आरोप

अन्तर्राष्ट्रिय

युक्रेनको कारण युद्ध भएको ट्रम्पको आरोप

  • Avatar of Sanchar NP
    Sanchar NP
  • सोमवार, अशोज १९, २०८३
युक्रेनको कारण युद्ध भएको ट्रम्पको आरोप

फ्लोरिडा। साउदी अरेबियामा रुस र अमेरिका बीचको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनकै कारण यो युद्ध भएको आरोप लगाएका छन्।

साउदी अरेबियाको वार्तामा युक्रेनको आफ्नो उपस्थिति चाहेपछि राष्ट्रपति ट्रम्पले सो कुरा बताएका हुन्।

फ्लोरिडाको मार आ लागो रिसोर्टमा बोल्दै ट्रम्पले रुससँगको युद्धका कारण विना निर्वाचन सत्तामा जेलेन्सकी रही रहेको बताएका छन्।

उनले फेब्रुअरीको अन्त्यमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग भेट गर्न सक्ने समेत बताएका छन्।

यता रुसका विदेश मन्त्रीले युक्रेनमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का सेना पठाउने कुरालाई अस्वीकार गर्ने बताएका छन्। साउदी अरेबियामा अमेरिकी प्रतिनिधिमण्डलसँगको भेटको क्रममा विदेश मन्त्री सर्जी लेबरेभले सो कुरा बताएका हुन्।

रुस र अमेरिकाबीच युद्ध अन्त्यका लागि वार्ताका आधार तयार गर्ने सहमति भने भएको छ। सोही क्रममा लेबरेभले कुनै पनि किसिमको र कुनै पनि झन्डा मुनिका सेनालाई शान्तिको स्थापनाको नाममा स्वीकार गर्न नसकिने बताएका हुन्।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलन्सकीले आफ्नो अनुपस्थितिमा यो वार्ता हुनुलाई आश्चर्य रुपा हेरेका छन्। ट्रम्पले शान्ति स्थापनाका लागि नेटोले सेना पठाउने कुरालाई भने सकारात्मक रूपमा लिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका