जोडिनुहोस
  • होमपेज
  • प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त

काठमाडौं। प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन्। संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

राउतले आज दिउँसो १ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिनेछन्। अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ असोज १८ मा अवकाश भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन्।

संवैधानिक परिषदको बैठकले भदौ ३१ मा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले असोज १६ मा राउतको नाम अनुमोदन गरेको थियो।

उनी साढे एक वर्ष प्रधानन्यायाधीश रहनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका