जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोगले आर्थिक वर्ष २०८०÷८१ मा वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सो आर्थिक वर्षमा सम्पादन गरेका कामहरूसहितको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान तथा अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम हो भने । ‘थारु समुदाय मूलतः नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गरी आएको र यो समुदायको आफ्नै भाषा, संस्कृति, वेशभूषा, परम्परा, सभ्यता र संस्कार रहेको छ’, उनले भने, ‘आदिवासी जनजातिका रूपमा रहेको यस समुदायको इतिहास, भाषा, लिपि, संस्कृति, परम्परा, कला, साहित्यका विषयमा अध्ययन गरिनु आवश्यक छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका