जोडिनुहोस
शुक्रबार, कार्तिक ७, २०८३
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • दसैँमा पनि वर्षाको सम्भावना

देश

दसैँमा पनि वर्षाको सम्भावना

  • Avatar of Sanchar NP
    Sanchar NP
  • शुक्रबार, कार्तिक ७, २०८३
दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरिएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् ।

‘यसपटक मनसुन बाहिरिने समय र दसैँ एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ उनले भनिन्, ‘तसर्थ यो दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका