जोडिनुहोस
  • होमपेज
  • एक दिवसीय अभ्यास खेलः अमेरिकासँग नेपाल ४ विकेटले पराजित

एक दिवसीय अभ्यास खेलः अमेरिकासँग नेपाल ४ विकेटले पराजित

काठमाडौं। अमेरिकामा तीन खेलको टी–२० आई सिरिज क्लीन स्वीप गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय अभ्यास खेलमा भने पराजित भएको छ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसम्मिलित टोलीसँग नेपालले त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिज शुक्रबारदेखि सुरु हुनेछ।

सिरिजको तयारीका लागि नेपालले घरेलु टोलीसँग सिरिज र अभ्यास खेल खेलिरहेको छ। बुधबार बिहान सकिएको खेलमा नेपाल अमेरिका ‘ए’ सँग ४ विकेटले पराजित भएको हो।

नेपालले दिएको ८२ रनको झिनो लक्ष्य अमेरिकाले २३.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। अमेरिका ‘ए’ को जितमा नितिश रेड्डीले सर्वाधिक २९ बनाए। राहुल जरिवालले २६ रन थपे। नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए। रिजन ढकाल र ललितनारायण राजवंशीले समान १ विकेट आफ्नो नाममा गरे।

त्यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली २५.२ ओभरमा ८१ रनमा अलआउट भयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका