जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा

दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका उनका ८ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा समेत कारबाही अघि बढाएको छ।

आगजनी भएको एक ट्रक चालकको मृत्यु भएपछि प्रहरीले प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान’का ८ जनालाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको हो।

प्रहरीका अनुसार झापाको हल्दीबारी–१ का ४० वर्षीय भीम तुम्बापो लिम्बू, हल्दिबारी–१, का २४ वर्षीय विवश लिम्बू, हल्दीबारी–१ कै ५१ वर्षीय वीरबहादुर गुरुङ, बिर्तामोड–७ का ३३ वर्षीय सुरेश चौधरी, बिर्तामोड–३ का ३५ वर्षीय उदय लिम्बू, बुद्धशान्ति गाउँपालिका–४ का बलिहाङ माबो लिम्बू, मेचीनगर नगरपालिका–६ का ३४ वर्षीय राजेश महत र अर्जुनधारा नगरपालिका–९ का ३८ वर्षीय रुद्र भुजेललाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ।

असोज ६ गते राति साढे १० बजे झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा यूपी ५७ एटी ४४९३ नम्बरको भारतीय ट्रक र असोज ७ गते बिहान साढे २ बजेतिर बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्ल्यूबी ७३ ई ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा प्रसाईंका समर्थकले आगजनी गरेका थिए।

गिरीबन्धु टी इस्टेट नजिक आगजनी गरिएको ट्रक चालक पोदो रायको भारतमा उपचारको क्रममा असोज १९ गते मृत्यु भएको छ। उनको उपचार भारतस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटलमा भइरहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका