जोडिनुहोस
  • होमपेज
  • पुन्य गौतममाथि निर्घात कुटपिट

पुन्य गौतममाथि निर्घात कुटपिट

काठमाडौं। पुन्य गौतममाथि निर्घात कुटपिट भएको छ। सोमबार बेलुकी सवा ९ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ बेसीगाउँमा रहेको उनको घर अगाडिको बाटोमा गौतममाथि कुटपिट भएको हो।

गौतममाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। अपरिचित व्यक्तिले गौतममाथि कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्।

गौतमलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार गरिएको छ। उनको टाउकोमा चोट लागेको छ। प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ भने संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ.

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका