जोडिनुहोस
  • होमपेज
  • रास्वपामा प्रदेश समितिले बोलाए आकस्मिक बैठक

रास्वपामा प्रदेश समितिले बोलाए आकस्मिक बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश समितिले आकस्मिक बैठक डाकेका छन्।

पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्रनसक्ने अवस्था रहेको जनाउँदै प्रदेश सभापतिहरुले बैठक बोलाएका हुन्।

सभापति पक्राउ परेपछि आइपर्ने जस्तासुकै चुनौतीलाई सामना गर्न आन्तरिक रुपमा तत्कालीन रणनीति तयार गर्नुपर्ने भएकाले आवश्यकका लागि जुम मिटिङ बोलाइएको स्रोतले बतायो।

आज साँझ बोलाइएको मिटिङमा प्रदेश समिति, जिल्ला संयोजक, उपसंयोजक, पालिका समिति, निर्वाचन क्षेत्र समिति, प्रदेश विभागका सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।

पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले केन्द्रीय कार्यालयमा भेला हुन कार्यकर्तालाई आग्रह गरेकी छन्। सामाजिक सञ्जालमा संग्रौला लेख्छिन्,‘काठमाडौ हुने रास्वपाका मित्रहरु चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भइदिनु होला। साथै ७७ जिल्लाबाटै रास्वपा टीम तयारी अवस्थामा बस्नु होला ।’

काभ्रेका रास्वपा सभापति प्रविनकुमार ढकालले पनि केन्द्रीय कार्यालयमा भेला हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका