जोडिनुहोस
  • होमपेज
  • नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग

काठमाडौं। नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित काभ्रेको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।

सङ्घले आज खाद्यान्न, टेन्ट, साबुन, जीवनजललगायत सामग्री नमोबुद्ध नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री हस्तान्तरणमा संस्थाका अध्यक्ष एवं पदाधिकारी र काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुखको उपस्थिति रहेको थियो ।

देशमा आइपरेको विपत् एवं अन्य बेलामा संस्थाले विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको सङ्घका अध्यक्ष सूर्यप्रसाद भुसालले बताए ।भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता गर्दै उहाँले विपद्मा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अपर्ण गरे । उनले घाइतेहरूको शीघ्र स्वास्थयलाभको कामना गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका