जोडिनुहोस
  • होमपेज
  • काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना

दोलखा। काठमाडौंबाट ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रुवाहक बस लामोसाँघु–जरी सडक खण्ड अन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा दुर्घटना भएको छ।

दुर्घटनामा १५ भन्दा बढी यात्रु घाइते भएका छन्। प्रदेश ३–०१–००६ ख०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ। घाइतेको चरिकोटका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका