जोडिनुहोस

घट्न थाल्यो तरकारीको भाउ

काठमाडौं। कालीमाटी होलसेल बजारमा मंगलबार अधिकांश तरकारीको भाउ घटेको छ ।

दसैँका कारण आपूर्ति नहुँदा तरकारी महँगिएको थियो । विभिन्न जिल्लाबाट आपूर्ति हुन थालेसँगै मंगलबार धेरैजसो तरकारी सस्तिएको छ ।

सानो गोलभेँडा, मुला, घिउ सिमी, टाटे सिमी, लौका, परवर, चिचिन्डो, भिण्डी, बरेला, साग लगायत तरकारी भाउ अघिल्लो दिनको तुलनामा घटेको छ ।

लौका १८, घिरौँला ३१, चिचिन्डो २२, परवर २३, भिण्डी १९, रायो साग १२, तोरीको साग ४१ प्रतिशत सस्तिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

मंगलबार ठूलो गोलभेँडा १५०, सानो गोलभेँडा ८०, रातो आलु १००, भारतीय रातो आलु ६३, प्याज ११०, स्थानीय काउली १२०, रातो मुला ४०, लाम्चो भन्टा ८०, तने बोडी ७०, मटरकोसा २५०, घिउ सिमी ६५, टाटे सिमी ८०, तिते करेला ९०, लौका ५०, परवर ७०, घिरौँला ७०, भिण्डी अधिकतम ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

बरेला ११०, रायो साग १८०, पालुँगो साग २००, तोरीको साग ९० रुपैयाँ प्रतिकिलो छ । डल्ले च्याउ ३००, कन्य च्याउ १४०, ब्रोकाउली १६० तथा कुरिलो ५५० रुपैयाँ प्रतिकिलो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका