जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य मन्त्रालयले गुनासो सुन्न सञ्चालनमा ल्यायो ‘हेल्लो स्वास्थ्य’

स्वास्थ्य मन्त्रालयले गुनासो सुन्न सञ्चालनमा ल्यायो ‘हेल्लो स्वास्थ्य’

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गुनासो सुन्नका लागि ‘हेल्लो स्वास्थ्य’ कल सेन्टर सञ्चालनमा ल्याएको छ।

स्वास्थ्य मन्त्रालय तथा मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धी गुनासो गर्न हेल्लो स्वास्थ्यको सुरुवात गरेको हो।

बिहान ८ बजदेखि बेलुकी ८ बजेसम्म १११५ नम्बरमा फोन गरेर गुनासो टिपाउन सकिने मन्त्रालयले जनाएको छ।

यसैगरी ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स (ट्वीटर): @mohpnep, इमेल hellohealth@mohp.gov.np साथै सोझै मन्त्रालयमा वा हुलाक मार्फत मन्त्रालयमा तपाईंले आफ्नो गुनासो पठाउन सकिने पनि जनाएको छ।

042105853hello swasthe

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका