जोडिनुहोस
  • होमपेज
  • नाजिर हुसेन अभिनित ‘गुन्युचोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट

नाजिर हुसेन अभिनित ‘गुन्युचोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट

काठमाडौं। लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ ।

समुद्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १७ देखि २० सम्म अमेरिकाको सियाटलमा आयोजना हुने तस्बिर फिल्म मार्केटका लागि छनोट भएको हो । जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियोजस्ता प्रतिष्ठित फिल्म संस्था पनि सहभागी हुनेछन् ।

तस्बिर फिल्म फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले यस फेस्टिभललाई अस्कर योग्य दक्षिण एसियाली फिल्म फेस्टिभलको रूपमा विकास गरिने बताइन्।

फिल्म ‘गुन्युचोलो’मा नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा उनले पारालैङ्गिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । फिल्ममा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

नेपालको पहिलो पूर्ण ‘ट्रान्सस्टोरी’मा निर्मित यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका