
काठमाडौं । काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको र पक्राउ गर्ने क्रममा गोली समेत चलाउनु परेको प्रहरीको भनाई रहेको छ ।
साथै लुटेराहरुबाट कोही पीडित भए सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।र सो को विस्तृत विवरण पछि सार्वजनिक गर्ने समेत प्रहरीले जनाएको छ ।







































