जोडिनुहोस
  • होमपेज
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरू यथाशक्य चाँडो गठन गर्न तीन दल सहमत

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरू यथाशक्य चाँडो गठन गर्न तीन दल सहमत

काठमाडौं। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग यथाशक्य चाँडो गठन गरी सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पु¥याउन प्रमुख तीन दलहरू सहमत भएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पु¥याउन कानूनबमोजिम दुवै आयोगहरूलाई यथाशक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको हो ।

बैठकले आयोग गठनका लागि पदाधिकारीहरूको छनोट गर्न सर्च कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्को अब बस्ने बैठकले सर्च कमिटी गठन गर्नेछ ।

’सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि अब बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी टुङ्ग्याउने सहमति भएको छ,’ बालुवाटार स्रोतले भन्यो ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए ।

त्यस्तै, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश बडाल लगायत समेत बैठकमा सहभागी थिए ।

सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक यसअघि नै संसद्बाट पारित भइसकेको छ । उक्त विधेयक गत भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका